मन्त्री बस्नेतले संसदमा पेस गरे आईएसए स्थापना सम्बन्धी सम्झौता

<span class='c1'>मन्त्री बस्नेतले संसदमा पेस गरे</span> <span class='c2'>आईएसए स्थापना सम्बन्धी सम्झौता</span>

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्ति बहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) स्थापना सम्बन्धी सम्झौता छलफलका लागि प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले अनुमति दिएपछि मन्त्री बस्नेतले उक्त सम्झौता छलफलका लागि सभामा प्रस्तु्त गरेका हुन् ।

सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो । सदनमा सम्झौतासम्बन्धीको प्रस्ताव पेस गर्दै मन्त्री बस्नेतले कर्कट रेखा र मकर रेखाको बीचमा पूर्ण वा आंशिक रुपमा पर्ने सौर्य ऊर्जा स्रोतमा धनी राष्ट्रहरुलाई तिनका जनतालाई सौर्य ऊर्जाले प्रदान गर्ने समृद्धि, ऊर्जा सुरक्षा र दिगो विकासमा पु¥याउने अवसर उपयोग गर्ने यो गठबन्धनको उद्देश्य रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्