मिल्स भेट्रान्स गोल्डकप: गछिया र इटहरी भेट्रान्स क्बल विजयी

मिल्स भेट्रान्स गोल्डकप: गछिया र इटहरी भेट्रान्स क्बल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लब रानीलाई ३–१ गोलले हराउँदै गछिया विजयी भएको हो ।

जितको लागि गछियाको तर्पmबाट सन्देश श्रेष्ठ, होमनाथ बराल र सिताराम बास्तोलले गोल गरे । सान्तवना गोल मिल्सको तर्फबाट बिजय राईले फर्काए ।
म्यान अफ द म्याच गछियाको इन्द्र राइ घोषित भए । उनले नगद ११ सय पाए ।
सोही दिन भएको दोस्रो खेलमा हाम्रो भेटान्स क्बलले दमक लखनपुर भेटान्स क्बललाई १–० गोलले पराजित गर्यो । जितको लागि इटहरीका लिलाराम मगरले निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
सोमबारका पहिलो खेल ग्रामथान र जनता इटहरी बीच हुनेछ भने सोही दिन दोस्रो खेल मनिङ विराटनगर र धरान भेट्रान्स क्बलबीच हुनेछ ।
मिल्स भेट्रान्स फुटबल क्बल रानीको आयोजना सुरुमा भएको प्रतियोगिता चैत २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्सफ क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए ।

प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्