ब्राइटनविरुद्ध २–१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

ब्राइटनविरुद्ध २–१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलले २९ खेलबाट ६७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको आर्सनल २८ खेलबाट ६४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आइतबार लिभरपुलसँग पराजित भएको ब्राइटन भने ४२ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।

ब्राइटनले लिभरपुलविरुद्ध सुरुआती अग्रता लिए पनि जोगाउन असफल भएको थियो । डेनी वेलबेकले गोल गर्दै खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । २७ औं मिनेटमा लुईस डियाजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लिभरपुलले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । लिभरपुलका लागि मोहमद सलाहले ६५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । सलाहले एलेक्सिस एलिस्टरको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि लिभरपुल
अन्ततः २–१ को जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्