सांसद पौडेलको प्रश्न : रुसी सेनामा गएका नेपाली बारे सरकार किन बेखबर ?

सांसद पौडेलको प्रश्न : रुसी सेनामा गएका नेपाली बारे सरकार किन बेखबर ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद प्रदिप पौडेलले रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन कुनै पहल नगरेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले सरकार रुसमा रहेका नेपालीहरुको अवस्थाको बारेमा बेखबर रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ । तर नेपालीहरु कति संख्यामा छन्, उनीहरुको अवस्थाको बारेमा सरकार बेखबर मात्र होइन जान्ने प्रयास पनि गरेको छैन् । सरकारले अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने कुरा त पर जाओस कति संख्या छन भन्ने पनि पत्ता लगाउन सकेको छैन् । सरकारको तर्फबाट हुनुपर्ने पहल हुन सकेको छैन् । यसमा गम्भीर ध्यानाकर्षण गर्न चहान्छु । यस्तो अवस्थामा रुसमा जान प्रतिबन्ध लगाउनु पर्ने ठाँउमा श्रम मन्त्रालयले रुस जानश्रम स्वीकृती दिने व्यवस्था गरेको छ ।’

यसको साथै उनले काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलता पूर्वक सम्पन्न गरेको भन्दै राज्यले यसको लागि आवश्यक कानून, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्ने बताए । उनले भने, ‘काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलता पूर्वक गरेको छ । नेपालमा कुनै कुरा उत्पादन हुनु आफैमा एउटा ठूलो विषयहो, त्यसमाथि यो ग्रिन हाइड्रोजन भनेको क्लिनग्रिन इनर्जी हो । जुनअहिलेको अवस्थामा निकै महत्वपूर्ण छ । ठूलो उपलब्धी हो । एउटा विश्वविद्यालयको अनुसन्धानले सफलतापूर्वक परीक्षण गरेको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएर यसको लागि आवश्यक पर्ने कानून, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्छ ।’

आयातगर्ने फ्युलको विकल्प ग्रिन हाइड्रोजन बन्नसक्यो भने नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने भन्दैनेपाल यस विषयमा आत्मनिर्भर हुन सक्यो र उत्पादनअन्तर्राष्ट्रिय बजारमा लान सक्यो भने नेपाललाई ठूलो लाभ हुने पनिउनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्