घुसको रकमसहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा

<span class='c1'>घुसको रकमसहित पक्राउ परेका वैदेशिक</span> <span class='c2'>रोजगार विभागका लेखापालविरुद्ध मुद्दा</span>

काठमाडौं । राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घुससहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाही माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

लेखापाल निरौलालाई सेवाग्रहीबाट १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले गत फागुन २९ गते नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि उनको कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरिएको अख्तियारले जनाएको थियो । धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिई गएको टोलीले लेखापाल निरौलालाई नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्