प्रदेश सांसदको मोबाइल नम्बर गलत भएपछि…

<span class='c1'>प्रदेश सांसदको मोबाइल</span> <span class='c2'>नम्बर गलत भएपछि…</span>

हेटौंडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिन प्रदेशसभा सदस्य तथा संसादहरुको फोन नम्बरसहितको डायरी बाँडेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आक्रोश व्यक्त गरेको छ ।

डायरीमा राप्रपा पार्टीबाट प्रदेशसभा सदस्य बनेका राजेन्द्र प्रजापतिको नम्बर गल्ती पाइएपछि बागमती प्रदेश सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

‘माननीय भनेर सम्बोधन गरिएको छ । तर नम्बर अन्य व्यक्तिको नाममा रहेको पाइयो । प्रदेश सरकार भनेको यस्तै हो ?ठगी खाने मात्र हो ?’राप्रपाका एक नेताले भने । यसैगरी ७७ औं स्थानमा ९८५१०१९४४३ नम्बर हुनुपर्नेमा अन्य व्यक्तिको नम्बर उल्लेख गरेर डायरी बाँडेपछि प्रदेशसभा सदस्य प्रजापतिले नम्बर समेत गलत लेख्नेले कसरी प्रदेश सरकार सम्हाल्न सक्ला भन्दै प्रश्न समेत गरे ।

यसैगरी राप्रपाकै अर्का संसाद सुनिल केसीले हिजोदेखि आजसम्म घटनाक्रमलाई हेर्दा जनताको हक हितका लागि प्रदेश सरकारले केही नगरेको उल्लेख गर्दै राप्रपाले प्रदेश सरकारलाई विश्वासको मत दिनु उचित नरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्