सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएकाे छ : मुख्यमन्त्री कार्की

<span class='c1'>सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर</span> <span class='c2'>बनाएकाे छ : मुख्यमन्त्री कार्की</span>

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएकाे बताएका छन् । ६७ अैां राष्ट्रिय सहकारी दिवसकाे अवसरमा मूल समाराेह समितिले माेरङमा मंगलबार आयाेजना गरेकाे कार्यक्रममा मुख्यमन्त्री कार्कीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर रहेकाे सहकारी क्षेत्रका साथै समग्र मुलुककाे नै अर्थतन्त्र धारासायी बनाउने षडयन्त्र भइरहेकाे बताएका हुन् ।

´बैंक, लघुवित्त, सहकारी र साहुमहाजनकाे ऋण तिर्न नसक्नेहरूलाई कस्ले हिँडाउँदै काठमाडाैं पुर्याइरहेकाछन् ?,` उनले भने, ´काठमाडाैं पुग्न बसभन्दा बढी खर्च हिँडेर जान लाग्छ । ऋण तिर्ने पैसा नहुनेलाई त्याे खर्च कसले दिँइरहेकाे छ । याे मुलुककाे अर्थतन्त्र धारासायी बनाउनेहरूले यस्ताे गरिरहेकाे स्पष्ट छ ।` त्यसैले यी यस्ता आफ्नै खुट्टामा बञ्चराे हान्ने गलत क्रियाकलापमा नलाग्न मुख्यमन्त्री कार्कीले सबैलाई आग्रह गरेका छन् ।

´सहकारी डुब्न लागेकाे सुन्ने बित्तिकै सबै बचतकर्ताले बचत माग्न थालेपछि सहकारी डुब्ने गरेकाे हाेइन,` उनले भने, ´सहकारीले विपन्न वर्गका साथै महिलाहरूकाे जीवनस्तर परिवर्तन भइरहेकाेले आफूलाई भनाउँदाहरूकाे समाजमा मान घटेकाे छ । त्यसैले पनि सहकारीलाई बदनाम गराउने अनेकाैं खेल भइरहेकाे छ, त्यसबाट सचेत हुनु पर्छ ।` मधेसमा मिटरब्याजीकाे हल्लाले बिपन्न परिवारले घरमा काेही बिरामी हुँदा पनि पैसा दिने काेही नभएकाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

महिलाहरूकाे सक्रियताले गाउँका सहकारीहरू फष्टाइरहेकाे छ । त्यसैले सर्वसाधारणकाे जीवनस्तर परिवर्तन गर्ने सहकारीलाई प्रदेश सरकारले प्राेत्साहन गर्ने र भठ्ठीमा बेलुका गएर सहकारी डुबाउनेहरूकाे सूची प्रदेश सरकार तयार गरिसकेकाले अब चाँडै कारबाहीकाे दायरामा ल्याउने उनले बताएका हुन् ।

´सहकारीमा आबद्ध भएकाेले विपन्न वर्ग साहू महाजनकाे ऋणबाट मुक्त भएकाे छ,` उनले भने, ´केही सहकारीकाे मालिक नै चाेर भएकाले सहकारी क्षेत्र बद्नाम भइरहेकाे छ ।`माेरङमा १ हजार ४० सहकारीमा २७७ प्रदेशमातहत र ७३३ पालिकाले हेर्छ । जसमा ४ लाख ४३ हजार सेयर सदस्य र २९ अर्ब सेयर पूँजी रहेकाे प्रदेश सहकारी रजिष्ट्रारकाे कार्यालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्