दोस्रो मिल्स भेट्रान्स गोल्डकप : घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा

दोस्रो मिल्स भेट्रान्स गोल्डकप : घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा पुगेको हो ।

निर्धारीत समयसम्म १– १ गोलको बरावरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको छ । निर्धारित समयमा मिल्सको तर्फबाट जय डंगोल र हाम्रो भेट्रान्स इटहरीको तर्फबाट डिल्लीराम श्रेष्ठ गोल गरे । खेलको म्यान अफ द म्याच मिल्स भेट्रान्सका राजु थापा घोषित भए ।

बुधबारको पहिलो सेमिफाइनल खेल गछिया भेट्रान्स क्लब र ग्रामथान भेट्रान्स क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्