त्रिकोणात्मक टी–२० शृंखला : नेपाल २७ रनले विजयी

त्रिकोणात्मक टी–२० शृंखला : नेपाल २७ रनले विजयी

काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ ।

नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालन सफल भएको हो ।

नेपालले दिएको एक ५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९–९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परीक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए । नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्