सुनको मूल्यमा नयाँ रेकर्ड

<span class='c1'>सुनको मूल्यमा</span> <span class='c2'>नयाँ रेकर्ड</span>

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु. एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु. एक लाख ३३ हजार तय भएको हो ।

यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला रु. एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु.एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. ६५ले बढेर रु. एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्