मिल्स भेट्रान्स गोल्डकप : ग्रामथान भेट्रान्स क्लब फाइनलमा

मिल्स भेट्रान्स गोल्डकप : ग्रामथान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा मोरङको ग्रामथान भेट्रान्स क्बल फाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा गछिया भेट्रान्स क्बललाई ४–० गोलले हराउँदै ग्रामथान फाइनलमा पुगेको हो ।

जितको लागि ग्रामथानका मित्रबहादुर बस्तेनले ह्याट्रिक गरे । उनले तीन गोल र अन्नतराज चौधरीले एक गोल गरी टिमलाई फाइनल पुर्याए । खेलको म्यान अफ द म्याच ह्याट्रिक गर्ने खेलाडी मित्रबहादुर बस्नेत घोषित भए । उनले नगद १ हजार १ सय पाए ।

बिहीबारको दोस्रो सेमिफाइन खेल हाम्रो धरान भेट्रान्स क्लब र मिल्स भेट्रान्स क्लब रानी विराटनगरबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्