उपनिर्वाचनको उम्मेदवार छनोटमा कांग्रेस अझै अलमलमा

<span class='c1'>उपनिर्वाचनको उम्मेदवार छनोटमा</span> <span class='c2'>कांग्रेस अझै अलमलमा</span>

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि अगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सहभागि हुन बझाङ र इलामका लागि उम्मेदवार चयन गर्न सकेन ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ तीन घण्टा लामो छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

धेरैजना आकांक्षी भएका कारण बिहीबार बिहान संसदीय बोर्डको बैठकमा उनीहरूलाई राखेर छलफल गरि दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने उनले बताए । उनले भने, ‘आज पनि निर्णय हुन सकेन । आजको बैठकले इलाम–२ र बझाङ प्रदेश सभाका निर्वाचनका सबै आकांक्षीहरूलाई राखेर भोलि छलफल गर्ने, त्यसपछि सहमति जुटाउने कुरा भएको छ । भोलि बिहान साढे ९ बजे संसदीय बोर्डको बैठक बस्नेछ । त्यहाँ दुवै क्षेत्रका आकांक्षीहरूलाई बोलाएर छलफल गर्छौँ । त्यसपछि ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गर्नेछ ।’
सबै आकांक्षीसँग छलफलपछि जिल्लामा असन्तुष्टि नहुने गरी टिकट दिने प्रयास भएका कारण उम्मेदवार चयनमा ढिलाइ भमएको उनको दाबी छ ।
खासगरी इलाम २ लाई लिएर सभापति देउवा र नेता डा. शेखर कोइराला पक्षबीच विवाद छ ।

इलाम २ का लागि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का २०७९ मा पराजित डम्बर खड्काको पक्षमा छन् । उता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला भेषराज आचार्यको पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्