१०६ रनको फराकिलो अन्तरले दिल्लीलाई हराउँदै केकेआर शीर्ष स्थानमा उक्लियो

१०६ रनको फराकिलो अन्तरले दिल्लीलाई हराउँदै केकेआर शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्स (डिसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको केकेआरले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । केकेआरका लागि सुनिल नारेन र अंगकृष रघुबंशीले अर्धशतकीय पारि खेल्दा अन्य खेलाडीको पनि प्रदर्शन सम्झन लायक रहेको थियो । पहिलो विकेटका लागि फिल साल्ट र सुनिल नारेनले ४.३ ओभरमा ६० रनको साझेदारी गरेका थिए । फिल साल्ट १२ बलमा १८ रन बनाउँदा चार चौका प्रहार गरेर आउट भए । त्यसपछि सुनिल नारेन र अंगकृष रघुवंशीले ४८ बलमा १०४ रनको साझेदारी गर्दै केकेआरलाई अघि बढाएका थिए । दोस्रो विकेटको रुप्मा सुनिल नारेन ३९ बलमा ८५ रनको विस्फोटक पारि खेल्दै आउट भए । सुनिलले ३९ बलमा समान सात चौका र छक्का प्रहार गरे ।

यसैगरी अंगकृष २७ बलमा ५४ रन बनाएर तीन छक्का र पाँच चौका प्रहार गरेर क्रिजबाट विदा भएका थिए । उनी आउट हुँदा १३.२ ओभरमा केकेआरले ३–१७६ को स्कोर बनाएको थियो । नारेन र रघुवंशीपछि आन्द्रे रसेल र श्रीयस अय्यरले मोर्चा सम्हालेका थिए । कप्तान अय्यर ११ बलमा १८ रन बनाएर आउट भए भने क्रिजमा आएका रिंकु सिंहले ८ बलमा २६ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार गरे । रिंकु सिंह आउट हुँदा केकेआरले पाँच विकेट गुमाएर २६४ रन बनाएको थियो । आन्द्रे रसेल १९ बलमा ४१ रन बनाएर आउट हुँदा सातौं विकेटको रुपमा रमनदीप सिंहले २ रन बनाए । मिचेल स्टार्क एक रनमा नटआउट रहे । दिल्लीका एनरिच नोट्जेले सर्वाधिक ३ विकेट लिँदा इशान्त शर्माले २ विकेट हात पारे ।
विशाल जवाफी लक्ष्यसहित मैदान उत्रिएको दिल्लीको सुरुआत राम्रो भएन । मिडिल अर्डरमा कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सले अर्धशतकीय पारि खेले पनि फराकिलो हार टरेन ।

कप्तान पन्तले ५५ तथा स्टब्सले ५४ रनको पारि खेल्दा डेभिड वार्नर १८ र पृथ्वी सा १० रनमा पभेलियन फर्किए । मिचेल मार्स, अभिषेक पोरेल, अक्षर पटेलले खाता खोल्नै सकेनन् भने अन्य खेलाडीको पनि स्कोर दोहोरो अंकमा रहेन । अन्त्यमा दिल्ली १७.२ ओभरमा सवै विकेट गुमाएर १६६ रनमा समेटियो । दिल्लीलाई समेट्न विभव अरोरा र बरुण चक्रवर्तीले समान तीन तीन विकेट लिँदा मिचेल स्टार्कले २ विकेट हात पारे ।
लगातार जीत निकालेको केकेआर ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने दिल्लीको यो तेस्रो हार हो । दिल्ली तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । आइपीएल अन्तर्गत आज राति गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्