लुम्बिनीमा मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

<span class='c1'>लुम्बिनीमा मुख्यमन्त्री चौधरीले आज</span> <span class='c2'>विश्वासको मत लिने</span>

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर लुम्बिनीमा पनि परेको हो । प्रदेशसभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।

प्रदेशसभामा ८७ सदस्य छन् । राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकीप्रसाद यादव निलम्बित छन् । यसपछि सांसदको संख्या ८६ हुन्छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना कम छ । प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३÷३ जना सांसद छन् । त्यस्तै, जनमोर्चा, नेकपा एस र स्वतन्त्र १÷१ जना सांसद छन् ।

मुख्यमन्त्री चौधरी विश्वासको मतका लागि कांग्रेसबाहेक १७ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्