९२ वर्षकी आमा छोराको निर्वाचन प्रचारमा

<span class='c1'>९२ वर्षकी आमा</span> <span class='c2'>छोराको निर्वाचन प्रचारमा</span>

काठमाडौं । सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ ।

जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ । दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेका छोराको प्रचारमा आफैं मैदानमा उत्रिएर सघाईरहेकी छन् ।

चो कि– जू नाम गरेकी ती वयोवृध्द आमाले देशको दक्षिण क्षेत्रका दम्याङ, ह्याम्प्योङ, येओङग्वाङ र जाङ्सेओङ काउन्टीहरूमा निर्वाचन प्रचारमा सक्रिय भूमिका निर्वाह गरेको देखेर विपक्षी उम्मेदवार र मतदाता समेत चकित परेका छन् । उमेरले आफूभन्दा ३४ वर्ष कान्छा छोरा पनि निर्वाचन प्रचारमा आमाको सक्रियताबाट अवाक भएका छन् । उनका ५८ वर्षीय छोरा किम सेओन राष्ट्रिय सभाको सिटका लागि उम्मेदवार बनेका छन् । कोरियामा यही अप्रिल १० मा आमनिर्वाचन हुँदैछ ।

किमको कार्यालयका अनुसार उनकी आमाले मंगलबार राष्ट्रिय निर्वाचन आयोगमा किमका लागि आधिकारिक प्रचारकको रूपमा नाम पनि दर्ता गराएकी छन् ।
चो कोरियाली युद्धको समयमा १९५२ मा येओङग्वाङ काउन्टीमा शिक्षिका थिइन् भने सन् १९९२ मा सेवानिवृत्त नभएसम्म प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई पढाएर आफूलाई व्यस्त राखेकी थिईन् ।

त्यसबेला जिवीकोपार्जन गर्दैगर्दा पनि चोले दुई छोरा र पाँच छोरी हुर्काईन् । ती सातैजना सन्तानले सामाजिक सेवा र सरकारको सार्वजनिक संस्थाको प्रमुख भएर आमालाई कष्टका दिन भुल्न सहयोग गरे । ती वृध्द आमाले अवकाश जीवनमा पनि सधैं महिला अधिकार र विभिन्न सार्वजनिक सेवाका गतिविधिमा सहभागी भइरहिन् । उनको यही सक्रिय सेवाको कदर गर्दै सन् २०२२ मा सियोलमा बसोबास गर्ने येओङग्वाङ मूल निवासीहरूको सङ्घल ग्रेट मदर्स अवार्डले सम्मान गरेको थियो । चोका सात सन्तानमध्ये छैटौं किम यसअघि मुख्य विपक्षी डेमोक्रेटिक पार्टी अफ कोरिया (डिपिके) का सदस्य थिए । डिपिके छोडेपछि उनी जनवरीमा डिपिकेका पूर्व अध्यक्ष र पूर्व प्रधानमन्त्री ली नाक योनको नेतृत्वमा रहेको डिपिके पार्टीमा सामेल भए ।

‘मेरी आमा मेरो चुनावी अभियानमा सामेल हुनुभयो, मैले उहाँलाई रोक्न खोज्दा पनि सकिनँ । उहाँले मलाई एक्लै छोड्न नसक्ने बताउनुभयो,’किमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्