प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि

<span class='c1'>प्रथम अन्तर प्रदेश</span> <span class='c2'>राष्ट्रिय खेलकुद आइतबारदेखि</span>

काठमाडौं । विभिन्न नौ वटा खेल समावेश गरिएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि आयोजना हुने भएको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामाहुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य-सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामाआइतबार हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुनेछ ।
प्रतियोगितामा १ सय ३६ स्वणर्, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन बैशाख १ गते गौरीटार रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्