बराहक्षेत्रकाे चतराधाममा पूर्ण महाकुम्भ मेलाकाे तयारी तीव्र

बराहक्षेत्रकाे चतराधाममा पूर्ण महाकुम्भ मेलाकाे तयारी तीव्र

मणिराम दाहाल
सुन्दरहरैँचा । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्धार चतराधाम कुम्भनगरीमा आयोजना हुन लागेको बाह्बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाकाे तयारी अन्तिम चरणमा पुगेको छ ।

  पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरि १ कराेड  भन्दा बढी भक्तजनको मेलामा सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ। मेला चैत २७ देखि वैशाख २८ गतेसम्म लाग्ने  छ । मेलामा दर्बिलो सुरक्षा व्यवस्था गरिने आयाेजकले  जनाएको छ  । धार्मिक तथा पर्यटकीय हिसावले समेत भव्य, सभ्य मानिएको कुम्भ मेलामा नेपाल र भारतका भक्तजनहरु सहभागी हुने भएका छन्  । अध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा एक महिने पूर्णमहाकुम्भ मेला लाग्ने भएपछि सम्पूर्ण क्षेत्र समेत उत्साहित भएको नेपालमा कुम्भमेलाका परिकल्पनाकार तथा प्रथम जगद्गुरू वालसन्त मोहनशरण देवाचार्यले बताए। उनले कुम्भ मेलाबाट नेपाल र नेपाली बिचको एकता तथा धार्मिक सदभावमा विकाश हुने हुंदा देश विदेश बाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढेर जाने उल्लेख गदै बर्सेने धर्मका नाममा विदेशिने रकम रोकथाम गर्न कुम्भ मेला आवश्यक भएको उल्लेख गरे।

  मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका अघि बढेको  साथै धार्मिक मेलाका हरेक क्रियाकलापमा बराहक्षेत्र नपा गम्भीरता पूर्वक लागेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । मेलाका लागि सरसफाई, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत तथा सञ्चार सुविधा, शान्ती सुरक्षा तथा विपद जोखिम न्यूनिकरणका लागि पहल भएको  साथै मेला अवधीभर चतरामा मदिरा,माछा,मासु विक्री वितरणमा निषेध गरिएको नगरप्रमुख कार्कीले उल्लेख गरे ।  मेलामा नेपाल अधिराज्यभरी तथा विदेशी भुमीबाट समेत दर्शनका लागि आउने भएकाले यसको महत्व अझै बढेर जाने कार्कीको भनाई रहेको छ ।

   नेपाल र नेपालीको गौरव अनि लामो समयको पर्खाईमा आउने धार्मिक रूपमा सम्मान पूर्वक हेरिएको कुम्भमेलामा हुने स्नानको समेत आध्यात्मिक पक्षमा ठूलो महत्व रहेको अग्रज पत्रकार तथा साहित्यकार कुष्णविनोद लम्सालले बताए । उनले राम्रो शुभ कर्मका लागि समेत कुम्भ मेलाको महत्व बढेको बताउंदै मानिसको जीवनमा धर्म र संस्कृतीको  आवश्यकता भएकाले चतराधाममा लाग्ने कुम्भ मेलामा जाने भक्तजनको मन समेत अति नै हर्षित हुने गरेको जानकारी दिए ।

  कुम्भ मेलामा कोटिहोम, वेदपाठ , पुराणवाचन ,स्वदेश तथा विदेशका जगद्गुरू, शङ्कराचार्यहरू , धर्माचार्यकाे सहभागिता  प्रवचन, भजनकीर्तन , शास्त्रार्थ सम्मेलन लगायत  महास्नान उद्घाटन हुने गरेको छ ।

  बाह्रकुम्भ मध्ये नेपाल लगायत भारतका प्रयाग, नासीक ,उज्जैन र हरिद्धारमा कुम्भमेला लाग्ने गर्दछ । यसले हाम्रो देशमा हराएको धर्म ,संस्कार र संस्कृतीको पुर्नउत्थान गरेको छ  । अघि समुद्र मन्थन जस्तो साहै कठिन कार्य शुभारम्भ भयो त्यसबेला अमृतको सट्टा हला हल बिष निस्कियो । त्यस्तो विघ्न बाधा आउंदा पनि त्यसबाट पछी नहटी डटिरहंदा कार्य सफल भई अमृतको घडा असल व्याक्तीको हातबाट खराब व्याक्तीको हातमा पर्नु र फेरी त्यही अमृत सही व्यक्ती र क्षेत्रमा सर्वप्रथम स्थापित भएको आधारमा कुम्भ महोत्सव भएको  धार्मिक जानकारहरू बताउछन् ।

   नेपाल र नेपालीहरुको सान मान सम्मानसँग जोडिएको विश्वकै पाचौं कुम्भका रूपमा अन्तर्राष्ट्रिय जगतमा नै स्थापित भएको बाहबसें पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको प्रचरप्रसार सुदूरपश्चिमका दार्चुलादेखि ताप्लेजुङ्गसम्म मात्र नभएर भारत भुटान अमेरिका अष्ट्रेलिया क्यानडा नर्वे बेलायत जस्ता देशहरुमा आज कुम्भ पुगेको आयाेजकले उल्लेख गरेको छ । नेपालका सन्दर्भमा सम्माननीय राष्ट्रपतिबाट समुदघाटन हुने कुम्भमेलामा उपराष्ट्रपति प्रधानमन्त्री प्रधानन्यायाधीश साथै संघीय सरकारका माननीय मन्त्रीहरू जनप्रतिनिधि त्यस्तै सातै प्रदेशका प्रमुखहरु सभामुखहरु मुख्यमन्त्रीहरु र माननीयहरु सबैलाई निमन्त्रणा भैसकेकाे  जगदगुरू बाससन्त महाराजले बताए ।

त्यसैगरी भारतको छत्तिसगढ अयोध्या बनारस वृन्दावन दिल्ली आन्ध्रप्रदेश वंगाल विहार आसाम सिक्किम दार्जिलिङ्ग आदि क्षेत्रबाट जगद्गुरु धर्माचार्य महामण्डलेश्वर सन्त महन्त तथा सरकारका मुख्यमन्त्री पूर्व मुख्यमन्त्री मन्त्रीज्यूहरु एम.एल.ए हरुको पनि उत्साहजनक उपस्थिति हुने आयाेजकले उल्लेख गरेको छ ।  अमेरिका स्थित अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक परिषद्बाट धर्माचार्य श्री भागवतशरण जी महाराज लगायत करिब ५० जनाको टोली (नेपाल) चतराधाम आईसकेको बालसन्त महाराजले बताए।

  नेपाल र नेपालीको छुटै पहिचान कायम गर्न सक्षम रहेको  कुम्भमेलामा सहभागी भई पुष्य कमाउन आयोजकको अपिल रहेको छ । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।  नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रूपमा २०५९ चैत्र ६ गते देखी एक महिना  सम्म सञ्चालन भएको थियाे । त्यसैगरी २०६३ चैत्र ६ गते देखि एक महिना सम्म अर्धकुम्भका रूपमा प्राचीन हरीद्धार चतरामा मेला  लागेको थियो ।  २०७० / ७१ सालमा बाह्र वर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो । अर्धकुम्भ मेला २०७५/ ७६  सालमा लागेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्