सुस्नेह

<span class='c1'>सुस्नेह</span> <span class='c2'></span>

-अच्युत मणि पौडेल
पिएर प्रेम पालुवा जिएर जान्छ जीवन
दिएर देह दानमा मिलोट मान्छ मानव
सुभाव साथ साधना चुसुक्क चक्षु चाहना
कता कराल कामना बुनेर बस्छ बाहना ।१।

सुरम्य शौम्य सोचमा पवित्रता पुकारिँदै
अदम्य ओज आँटिलो थपी थपी थुपारिँदै
विशेष वेगमा वही सुस्नेह साथ साँच्दछ
सुस्नेह साथ साथमा बसेर बेस बाँच्दछ ।२।

अझै अभाव आउँदा खराब ख्याल ख्याउँदा
सबै सकिन्छ शासना पियार पुष्प पक्रँदा
फिरोज फूल फक्रँदा निवेश नृत्य नाच्दछ
लिपेर लेप लाजको छपक्क छाँट छाँट्दछ ।३।

मिलेर मान्छ मान्यता बुझेर बात बोल्दछ
पवित्र प्रेम पाशमा खुलेर खेल खेल्दछ
जवानको जबानले टटोल्छ टक्क टिप्दछ
हियो हुँडल्छ हेर्दछ सबै सुभाव सिँच्दछ ।४।

रमाउँदै रमाउँदै बचाउँदै बचाउँदै
समाउँदै समाउँदै अटाउँदै अटाउँदै
लजाउँदै लजाउँदै सदा सुस्नेह साँचियोस्
बढाउँदै बढाउँदै पियार पुष्प पालियोस् ।५।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्