-सुरेशकुमार पाण्डे
"आजको हाम्रो छलफल पुरस्कार सम्बन्धमा हो।"- विजयले मिटिङ्ग को एजेण्डा प्रस्तूत् गर्दै भन्यो।" कस्तो पुरस्कार सर ?"-पालले बुझ्न खोज्यो।
" अहिलेको यो वर्षमा पनि बिगतमा झैँ केही व्यक्तिहरूलाई पुरस्कृत गर्नुपर्छ।पुरस्कारका लागि हामिसँग केही अक्षकोषहरू छन्। " विजयले जानकारी गरायो।
" उसो भए कुनै दुर्लव प्रतिभाको छनौँट गर्नुपर्छ "-प्रमिलाले पनि मुख खोली।
" ठिकै छ त्यसोभए आ आफ्ना राय सुझावहरू आव़स्! स्वागत छ। त्यस्ता प्रतिभा हजुरहरूका दृष्टिमा छन् भने छनौंट गरौँला नाम दिनुहोस्।"- विजयले सबै उपस्थितलाई सुझाव दियो।" सिर्जना, सुमित्रा र सुमी,"-तीनजनाको नाम प्रमिलाले पेस गरिन।
"झग्गु ,फग्गु र दलौत!"-पालले पनि नाम दियो। " गुलाब,कमल र प्रेम "-तीनजनाको नाम विजयले पनि अगाडी सार्यो।
" साथिहो हामिले भावनात्मक सम्वन्धलाई थाति राखेर छनौट गर्नुपर्छ।महिंलाले सबै। तीनैजना महिँला मात्र देख्नुभयो।पुरूष मध्य पनि दलितले सबै तीनैजना दलितको नाम दिनुभयो,विजयले तीनैजना बाहुनको नाम दिनुभयो।यसरी पनि पुरस्कार छनौट हुन्छ त ? सबैले हाम्रालाई छनौँट गरे पछि राम्रालाई कसले छनौँट गर्ने ?"
कहिल्यै कुनै संस्थाले सम्मान् नगरेको एकजना सहत्तर वर्षिय वृधा धर्मले प्याच भने। उनि तेस्रो लिङ्गबाट सम्बन्धित थिए।
घोराही-१८,दाङ