आइपीएलमा हैदरावादको शानदार जित

आइपीएलमा हैदरावादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा हैदरावादले चेन्नाई सुपर किंग्समाथि ६ विकेटले पराजित गरेको हो । चेन्नाईको यो लगातार दोस्रो हार हो भने हैदरावादको दोस्रो जित हो ।

चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा हैदरावादले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो।
हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । हैदरवादविरुद्ध कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रको ओपनिङ जोडीले खास गर्न सकेन । यी दुई खेलाडीले २५ रनको साझेदारी गरेका थिए । रविन्द्र ९ बलमा १२ रन बनाएर पहिलो विकेटको रुपमा पभेलियन फर्किए । तर, चेन्नईका विस्फोटक अलराउन्डर शिवम दुबेले टोलीमा पुनरागमन गरे पनि ४५ रनको स्कोरमा कमिन्सले उनलाई प्याभिलियनको बाटो देखाए । दुबेका साथै अजिंक्या रहाणेले पनि ३५ रन बनाए । रविन्द्र जडेजाले ३१ रन बनाउँदा डेरियल मिचेलले १३ रनको पारि खेले । महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे । हैदरवादका लागि प्याट कमिन्स, टी नटराजन, भुवनेश्वर कुमार, सहवाज अहमतद र जयदेव उनादकटले समान एक –एक विकेट लिए ।
जवाफी पारिका लागि घरेलु मैदानमा चेन्नाइ विरुद्ध युवा खेलाडी अभिषेक शर्मा र ट्राभिस हेडले उत्कृष्ट सुरुआत गराए । १२ बलमा ३७ रनको आक्रामक पारि खेलेका अभिषेक शर्मा टिमको स्कोर ४६ रन हुँदा आउट भए । उनले तीन छक्का र चार चौका प्रहार गरे । त्यसपछि ट्राभिस हेड र एडेन मार्करम मिलेर पारि अगाडि बढाएका थिए । हेड २४ बलमा ३१ रनको पारि खेलेर आउट भए ।

ओपनरद्वय अभिषेक र हेडको विकेट गुमेपछि हैदरावादका एडेन मार्करामले जितको जिम्मेवारी सम्हाले । उनले ३६ बलमा ५० रनको उत्कृष्ट पारि खेले । यस्तै, सहवाज अहमदले १८ रन बनाउँदा हेनरिक क्लासेन १० तथा नितिश कुमार रेड्डीले १४ रनको नटआउट पारि खेल्दै हैदरावादालाई सहज जित दिलाए ।
चेन्नाईका मोइन अलीले २ विकेट लिँदा दीपक चहार र महेश तिक्क्षणाले समान एक –एक विकेट लिए । जितपछि हैदरावादले ४ खेलबाट ४ अंक बनाएको छ । चेन्नाईको पनि चार खेलबाट ४ अंक नै रहेको छ । चेन्नाई तालिकाको तेस्रो तथा हैदरावाद पाँचौं स्थानमा छ । जारी आइपीएमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स शतप्रतिशत जितका साथ ६ अंक बनाउँदै शीर्ष २ स्थानमा रहेका छन् । जारी प्रतियोगितामा मुम्बई इन्डियन्सले भने जितको खाता नै खोल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्