उपनिर्वाचन : आयोगले उजुरीमाथि छानबिन गरी आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने

<span class='c1'>उपनिर्वाचन : आयोगले उजुरीमाथि छानबिन गरी</span> <span class='c2'>आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने</span>

काठमाडौं । आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि आज नर्वाचन आयोगले छानबिन गर्ने भएको छ ।

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै छ । उजुरी उपर छानबिनपछि आयोगले सोमबार बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ ।

यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्