सहकारी ठगी प्रकरण : संसद्मा कांग्रेसको अवरोध बारे सभामुखले चार दललाई छलफलमा बोलाए

<span class='c1'>सहकारी ठगी प्रकरण : संसद्मा कांग्रेसको अवरोध</span> <span class='c2'>बारे सभामुखले चार दललाई छलफलमा बोलाए</span>

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल लिएका छन् ।

सभामुख घिमिरेले सोमबार त्यसबारे छलफल गर्न संसद्मा रहेका प्रमुख चार दललाई छलफलका लागि बोलाएका छन् । सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतालाई छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । कांग्रेसले अघिल्लो बैठकमा अर्को बैठकमा संसदीय समिति गठन गरेरमात्रै आउन भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर सभामुख घिमिरेले छलफलको समय निर्धारण गरेका हुन् । अधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्