मोबाइलबाटै छोराछोरीको पढाईको प्रगति हेर्न मिल्ने नयाँ एप सार्वजनिक

मोबाइलबाटै छोराछोरीको पढाईको प्रगति हेर्न मिल्ने नयाँ एप सार्वजनिक

काठमाडौँ । अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट आफ्ना छोराछोरीको प्रगति हेर्न मिल्ने एप सार्वजनिक भएको छ ।

ई–लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ‘एम्बिसन गुरु’ नामक एप ल्याएको हो । एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरतले कति समय बसेर पढिरहेका छन्, उनीहरुको पढाइमा कति प्रगति भइरहेको छ, विद्यार्थीले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए,कुनकुन परीक्षामा सहभागी भए लगायतका जानकारी पाउन सक्नेछन् ।

प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सकिने एम्बिसन गुरूद्वारा जारी विज्ञप्तिमा छ । विभिन्न कारणले छोराछोरीबाट टाढा बस्नुपर्ने अभिभावकका लागि यो एप फलदायी हुने एम्बिसन गुरु नेपाल प्रालिले जनाएको छ । इ–लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाको छोटो समयमा एप डाउनलोड गर्नेको संख्या एक लाखभन्दा बढी पुगेको छ।

एम्बिसन गुरुले एसइई, कक्षा ११ र १२ विज्ञान, व्यवस्थापनका स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षाको तयारी अनलाइनबाट गराउँदै आएको छ । साथै लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायलगायत सरकारी क्षेत्रका लागि तयारी कक्षा सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्