६ सयले बढ्यो सुनको मूल्य

६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार(आज) पनि सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो भने सुनको मूल्य तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्