सूर्यग्रहणलाई गुगलले विशेष ‘एनिमेसन’सहित देखाउने

<span class='c1'>सूर्यग्रहणलाई गुगलले विशेष</span> <span class='c2'>‘एनिमेसन’सहित देखाउने</span>

नयाँदिल्ली । सोमबार चन्द्रमा सूर्य र पृथ्वीको बिचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ ।

यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ ।

सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्यग्रहण नेपाल, भारत लगायतका एशियाली मुलुकहरूबाट देख्न सकिने छैन तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास (आंशिक) ग्रहण देखिनेछ ।

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सूर्यग्रहणसम्बन्धी आफ्नो प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रशारण करिब तीन घण्टा जारी रहने बताएको छ। रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्