दुई कोरियाबिच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

दुई कोरियाबिच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

उत्तर कोरियाले यस वर्ष धेरै जासुसी उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजनाको पुष्टि गरेको केही दिनपछि दक्षिण कोरियाले आफ्नो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाले गत वर्ष नोभेम्बरमा र दक्षिण कोरियाले गत वर्षको डिसेम्बरमा आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । उत्तर कोरिया र दक्षिण कोरियाबीच बढ्दो तनावका बीच दुवै देशले आफ्ना भू-उपग्रहहरूले एकअर्कामाथि नजर राख्ने र मिसाइल आक्रमण गर्ने क्षमता बढाउने बताएका छन् ।
दक्षिण कोरियाको दोस्रो जासुसी उपग्रह फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आइतबार स्थानीय समय अनुसार राति ७ः१६ को समयमा प्रक्षेपण गरिएको हो ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा उक्त स्याटेलाइटलाई रकेटबाट सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ ।

‘स्पेसएक्स’सँगको सम्झौताअनुसार दक्षिण कोरियाले सन् २०२५ सम्ममा ५ वटा जासुसी भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ । दक्षिण कोरियाको पहिलो जासुसी उपग्रह गत वर्ष प्रक्षेपण गरिएको थियो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्