कोशी प्रदेश : एकिकृत समाजवादीले तत्काल समर्थन फिर्ता नलिने

कोशी प्रदेश : एकिकृत समाजवादीले तत्काल समर्थन फिर्ता नलिने

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र कुमार राईले बताएका छन् ।

यो प्रदेशमा नयाँ सरकार बनाउन गह्रो रहेको बताउदै उनले सरकार अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने बताए । गठबन्धन सविंधान रक्षाका .लागि निर्माण भएको र सोही अनुसार निर्वाचन भएको तर सत्ताको लागि गठबन्धन बदलिरहने कुरा राम्रो नभएको उनको भनाई थियो ।

‘हामी सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिनौँ , जनतालाई किन निरास पार्नु ? गठबन्धन संविधान रक्षाको लागि बनेको हो, त्यसरी नै चुनवा भयो र सरकार त्यसरी नै भयो, उनले भने,‘ ससत्ताको लागि उथलपुथल, सबै लथालिङ्ग भयो , प्रदेशको सरकार बनाउन गाह्रो छ । सरकार अस्थिरता भएकाले काम पनि बढ्दैन, बजेट नै राम्रोसँग अगाडी बड्दन ।’

यस्तो खालको काम सत्ताको लागि गर्छ भने आफूले पनि सजिलै नछोड्ने उनको भनाई थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्