उपत्यकास्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता मंगलबारदेखि

<span class='c1'>उपत्यकास्तरीय व्हीलचेयर बास्केटबल</span> <span class='c2'>प्रतियोगीता मंगलबारदेखि</span>

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जूरी खेलकुद संघले दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी यही चैत्र २७ र २८ गते दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगिता दशरथ रंगशाला कर्बड हलमा आयोजना गर्ने संघकी अध्यक्ष देवी आचार्यले जानकारी दिइन् ।

उनले भनिन्,‘नेपाल स्पाइनल कर्ड इन्जूरी खेलकुद संघले आफ्नो मुख्य क्रियाकलापको रुपमा प्रत्येक बर्ष व्हीलचेयर बास्केटबल प्रतियोगिता गराउदै आएको छ । यसै सन्दर्भमासंघले दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगिता मिति २०८०/१२/२७ र २८ गते दशरथ रंगशाला कर्बड हल, त्रिपुरेश्वरमा आयोजन गर्न गइरहेको जानकारी गराउँछ ।’

अपाङ्गता भएका व्यक्तिहरुलाई थेरापी, उपचार, औषधि हुने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको उनले जानकारी दिइन् । दुई दिनसम्म चल्ने यस प्रतियोगितामा ७ महिला र ६ पुरुष टिम गरि जम्मा १३ टिम बिच सहभागी गराउने उनले संघले जनाएको छ । आयोजकका अनुसार प्रतियोगीताको पुरस्कार राशि ५० हजार, ४० हजार र ३० हजारको दरले प्रथम, द्धितिय र तृतिय हुने टिमलाई उपलब्ध गराइने छ । साथै प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई जर्सी ट्रयाकको व्यबस्थासहित प्रतिदिन एक हजार रुपैंयाँका दरले यातायात खर्च र प्रतियोगिता संचालन भरि खाना, खाजा समेत उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्