विराटनगरको सेन्टजोसेफ माविका विद्यार्थी ग्रेजुएशन

विराटनगरको सेन्टजोसेफ माविका विद्यार्थी ग्रेजुएशन

विराटनगर । विराटनगर-२स्थित सेन्टजोसेफ माविले ग्रेजुएशन कार्यक्रम आयोजना गरेको छ।

कक्षा १० र कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुका लागि ग्रेजुएशन कार्यक्रम आयोजना गरेको हो।

कक्षा १० र कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरूको सिकाई र बुझाईसँगै उनीहरूलाई अझ हौसला प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरूको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त ग्रेजुएशन कार्यक्रममा कलेजका निर्देशक रोहित जंग थपलिया,स्कुलको संस्थापक सविता सिटौला,एकाडेमीक डाइरेक्टर अमन सिटौलालगायतले ग्रेजुएशन गरेका विद्यार्थीहरूलाई बधाई समेत दिएका छन् ।

नेपालमा विद्यार्थीहरूलाई ग्रेजुएशन गर्ने पहिलो स्कुल भएको सेन्टजोसेफ माविले दाबी गरेको छ । स्मार्ट स्कुलको अवधारणा अनुसार यस वर्षदेखि कोशी प्रदेशको पहिलो स्मार्ट स्कुलको रुपमा अध्ययापन गराइने स्कुलका वाइस प्रिन्सिपल पवन सिंह राजपुतले बताए।

उक्त कार्यक्रममा स्पोर्ट्सतर्फ दुई जना र एकेडेमीतर्फ ३ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएको स्कुलले जनाएको छ।

हाल स्कुलमा एक हजार ४०० जना भन्दाबढी विद्यार्थी अध्ययनरत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्