कांग्रेसले अडान नछाडेपछि शीर्ष नेता छलफलमा

<span class='c1'>कांग्रेसले अडान नछाडेपछि</span> <span class='c2'>शीर्ष नेता छलफलमा</span>

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको मागबाट टसमस नगर्ने निर्णय गरेपछि दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको आरोपमा संसदीय छानबिन समिति बनाएरै छानबिन गर्नुपर्ने निर्णय गरेको छ । गृहमन्त्री लामिछाने माथि सहकारी रकम अपचलनमा संलग्न रहेको आरोप लागेको छ ।

संसदको मुख्य विपक्षी दलले आफ्नो अडान नछाड्ने निर्णय गरेको थाहा पाएपछि सभामुख देवराज घिमिरे संसदको भावी अवरोध हुननदिने प्रयाशमा सक्रिय भएका छन् । सभामुखकै पहलमा केहीबेर अघि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू विवाद टुङ्ग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा छन्। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहभागी छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताए ।

प्रमुख सचेतक लेखकले भने, ‘कांग्रेसले उठाएको मागप्रति सरकार गैरजिम्मेवार भए संसद्का काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्छ ।’
कांग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विपरीत विद्वेष फैल्याउने कुनैपनि खालका तत्त्वहरू अनुचित रहेको पनि ठहर गरेको छ । सुनसरीमा विषयलाई लिएर भएको धार्मिक झडपप्रति गम्भीर रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्