विराटनगरको डीएभी स्कुलमा प्रवेश परिक्षा संचालन हुने

विराटनगरको डीएभी स्कुलमा प्रवेश परिक्षा संचालन हुने

विराटनगर । विराटनगर १३ मा रहेको डीएभी स्कुलले भर्ना हुने नयाँ विद्यार्थीहरुको लागि प्रवेश परिक्षा संचालन गर्ने भएको छ।

शैक्षिक सत्र २०८१ सालमा भर्ना हुने विद्यार्थीहरुको लागि चैत २८ गते बिहान १० बजेदेखि प्रवेश परिक्षा संचालन गर्ने भएको हो ।

विगत २७ वर्षदेखि कक्षा १ देखि कक्षा १२ सम्म अध्ययापन गराउदै आएको स्कुलले नयाँ शैक्षिक सत्र लागि नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुलाएको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण प्रदान गराउदै आएको डीएभी स्कुलले जनाएको छ।

दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट प्रशिक्षण गराईने हुँदा विगतको वर्षहरुमा राम्रो नतिजा ल्याउन सफल भएको स्कुलका प्रिन्सिपल रमेश कुमार मिश्रले बताउनुभयो ।

स्कुलभित्र विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला विद्यार्थीहरूका लागि सुविधा प्रयोगात्मक ल्यावको व्यवस्था समेत रहेको स्कुलले जनाएको छ। हाल स्कुलमा एक हजार २ सय ५० जना भन्दाबढी विद्यार्थी अध्ययनरत रहेका छन्। स्कुलले विज्ञान र व्यवस्थापन लगायतको विषय समेत अध्यापन गराउदै आएको छ । स्कुलले प्रयोगात्मक सिकाईका साथै अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आएको स्कुलका प्रिन्सिपल मिश्रले बताउनुभयो ।
नयाँ शैक्षिक सत्र २०८१ सालका लागि स्कुलले सिमित सिटका लागि भर्ना खुलाएको स्कुल प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्