ईटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

<span class='c1'>ईटहरीमा कारको ठक्करबाट</span> <span class='c2'>पैदलयात्रीको मृत्यु</span>

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलबार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा एक जना पैदलयात्री मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु रहेका छन्।

धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्