राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

<span class='c1'>राष्ट्रिय सभा उपाध्यक्ष</span> <span class='c2'>घिमिरेद्वारा पदभार ग्रहण</span>

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् ।

सिंहदरबारस्थित सभाकक्षमा बुधबार उनले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदकोगरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन ।

उनले भनिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदकोगरिमालाई सोहीअनुसार उचाइमा राख्ने र समग्र राष्ट्रिय सभालाई नै त्यसको महत्व झल्काउने गरी अध्यक्षज्युसँग सहकार्य गर्ने र सबै माननीयज्युहरुसँग सहकार्य गरेर नै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु।’ संविधानले व्यवस्था गरेको नियमावलीले दिएको मार्ग निर्देशनको परिधिभित्र रहेर सृजनात्मक ढंगले आफ्नो पद सम्हाल्ने विश्वास उनले दिलाइन । बुधबारै भएको निर्वाचनमा उनी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्