भोजपुर । भोजपुरको आमचौक गाउँपालिका- १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो १ बजे आमचोक- ६ देवानटारका २० बर्षीय सुदिप दर्जी र १८ बर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ।
पोष्टमाटमको लागि शवलाई धरान घोपा पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।
फोटो:फाइल