भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार

<span class='c1'>भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय</span> <span class='c2'>प्रसारण लाइन विस्तार</span>

भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको रामप्रसादलाई गाउँपालिका-८ खोक्सिकको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत विस्तार गरिएको हो ।

वर्षौँबाट टुकीको साहारामा रात कटाउँदै आएका स्थानीय विद्युत विस्तारपछि खुसी भएका छन् । वर्षौँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युतको केन्द्रीय प्रसारण लाइन बिस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी राजेन्द्र राईले बताउनुभयो । विद्युत विस्तारले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको उहाँको भनाइ छ ।

अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण तय भएको उहाँले जानकारी दिनुभयो । “भौगोलिकरुपमा विकट रहेको हाम्रो वाक्चाखा गाउँमा केन्द्रीय प्रसारण लाइन जडान भएको छ”, उहाँले भन्नुभयो, “विद्युत बिस्तारले वर्षौँबाट अँध्यारोमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । विद्युतले दैनिक जीवनयापनमा सहजता भएको छौँ । ढिलै भए पनि विद्युत उपभोग गर्न पाउँदा खुसी लागेको छ ।” वडाको सक्रियतामा दुर्गम क्षेत्रमा केन्द्रीय प्रसारण लाइन बिस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी महेन्द्र राईले बताउनुभयो ।

विद्युत विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देशविदेशको जानकारी लिने गरेको उहाँले बताउनुभयो । “विद्युत नहुँदा दैनिकी निकै कष्टकर थियो”, उहाँले भन्नुभयो, “विद्युत विस्तार भएपछि गाउँले जीवनमा सहजता थपिएको छ । घरमा बसेर देश विदेशका सूचना लिन सकेका छौँ । गाउँ झिलिमिली बनेको छ । यहाँ विद्युत आउँछ भन्ने हामीलाई लागेको थिएन ।” भौगोलिकरुपमा विकट रहेको भए पनि वडालाई आगामी वर्षभित्र उज्यालो वडा घोषणा गर्ने लक्ष्यका साथ केन्द्रीय प्रसारण लाइन बिस्तार भइरहेको वडाध्यक्ष वाचकुमार राईले बताउनुभयो । हालसम्म वडाको ८० प्रतिशत क्षेत्रमा विद्युत बिस्तार गर्न सफल भएको उहाँको भनाइ छ ।

वडाको कुनै पनि स्थानमा विद्युत नपुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत विस्तार गरिएको वडाध्यक्ष राईको भनाइ छ । “मैले वडाको जिम्मेवारी सम्हाल्दा हाम्रो वडाको कुनै पनि स्थानमा विद्युत थिएन”, वडाध्यक्ष राईले भन्नुभयो, “अहिले ८० प्रतिशत क्षेत्रमा विद्युत बिस्तार गर्न सफल भएका छौँ । आगामी वर्ष उज्यालो वडा घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।” विद्युत विस्तारका लागि वडाले १२ लाख बजेट विनियोजन गरेर तार खरिद गरेको वडाध्यक्ष राईले बताउनुभयो । सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत विस्तारमा पहिलो प्राथमिकता साथ काम गरिरहेको उहाँको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्