नयाँ वर्षको शुभकामना : दिन हैन मन फेरियोस्

नयाँ वर्षको शुभकामना : दिन हैन मन फेरियोस्

शनिबार (आज) बाट विक्रम संवत् २०८१ साल हामीमाझ छ । नयाँ वर्ष, नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी । सम्वत्, साल नयाँ दिन भित्रिएको छ आज । वर्षभरि रमाइलो र प्रगती होस् नयाँ वर्षको हार्दिक शुभकामना ।

एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवात । खासमा नेपालमा चलिआएको नयाँ वर्ष बैशाख १ गते र नेपालीहरुले आफ्नो जाती धर्म अनुसार मनाउँदै आएका विभिन्न सम्वत्हरुले नै बढी मान्यता राख्दछन् । देशभित्रका सबै जातिहरु नै राष्ट्रका निर्माता हुन् । सबैबीचको एकताले नै राष्ट्रियता बलियो बनाउने मूल आधारको कडी बन्छ । सम्वत २०८० को समापनसँगै भित्रिएको नयाँ वर्ष २०८१, दिन फेरिएको रुपमा मात्रै नभई मन फेरिएको रुपमा प्रवेश पाओस् । नेपाली–नेपालीबीचको एकतालाई मजबुत र नेपाल आमाप्रतिको प्रेममा संगठित बनोस् नयाँ वर्ष । देश भित्रको अवस्था बदल्ने अभियानमा सबै नेपाली एकजुट हुने दिनको रुपमा परिणत होस् । राजनीति सुशासनमैत्र बनोस् ।

विश्वमा अलग–अलग तिथिमितिमा मनाउने प्रचलन छ । नेपालमा विक्रम संम्वतको नयाँ वर्षको सुरुवात वैशाख १ गते पर्दछ । पात्रो परिवर्तन गरेर उत्साह एवं विश्वासको क्षणका रूपमा वर्षको पहिलो दिन मनाउने नेपाली संस्कृति रहिआएको छ । त्यस बाहेक विभिन्न जातजातीको मौलिक परम्परा अनुसार नयाँ वर्षहरु समेत हामी माझ उत्सव र मान्यताको रुपमा स्थापीत रहेका छन् ।
खास गरी बैशाखमा लहरा तथा रुख–बिरुवामा पालुवा पलाएको हुन्छ । फूलहरूको सुगन्ध मधुर हावामा सिरसिर आउने गर्दछ । कोइलीको कुहूकुहू र अन्य चराहरूको चिर्बिरले सजिएको वसन्तऋतुको मनोरम मौसमले नवीन उमङ्ग, उल्लास एवं आशा लिएर भित्रन्छ विक्रम संवतको नयाँ वर्ष ।

नेपालको राष्ट्रिय पात्रो पनि हिन्दू पञ्चाङ्गमा आधारित विक्रम संवतअनुसार छ । यो प्राचीन हिन्दू परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो मानिन्छ । यो ग्रेगोरियन पात्रो (इस्वी संवतको पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको थियो ।

‘विश्वमै समय गणनाका विभिन्न आधार प्राचीन कालदेखि नै चलिआएको पाइन्छ । पश्चिममा विभिन्न एरा तथा भारतवर्षमा युगको चलन छ । तिनै युगहरूभित्र पनि समयका विभिन्न चक्रका रूपमा संवत्लाई लिइन्छ । संवत्को अर्थ वर्ष, साल हुन् । कालगणनाअनुसार तिनै फेरिने क्रममा अर्थात् पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा त्यसलाई विशेष उत्साह एवं उमङ्गका साथ मनाइने विश्वव्यापी चलनमा नेपाली पनि उतिकै उत्साह भर्ने गर्दछन् । अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न सकिन्छ ।

विक्रमादित्यले चलाएको मानिने यो संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वान्हरूबीच मतैक्य छैन । विक्रमको अर्थ पराक्रम भएको हुँदा यो उज्जैनका विक्रमादित्यले चलाएका हुन् कि गुप्त शासकहरूमध्ये कसैले चलाएका हुन् यकिन छैन । विक्रम संवत् सौरमानअनुसार सूर्य मेष आदि १२ राशिमा प्रवेश गर्दै जाँदा मीनपछि फेरि मेष राशिमै प्रवेश गरेपछि एक चक्र पूरा हुन्छ भन्ने मान्यतामा आधारित छ ।

सूर्य चराचर जगत्को जीवनको आधार हो । मानव जातिको पनि सूर्यसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले नयाँ वर्षको दिन रमाइलो गर्ने चलन चलेको हो । धार्मिक हिसाबले हेर्दा ग्रहजन्य पीडा हटाउन गरिने सानो कार्यबाट पनि ठूलो फल मिल्ने भएकाले यज्ञ–अनुष्ठान आदिका लागि यो दिन शुभ मानिन्छ । नेपालीमा परसंस्कृतिग्रहरणको प्रभाव बढ्दै जाँदा इस्वी सन् लाई विभिन्न वहाना दिएर बढाउने दिने प्रचलन समेत रहेको छ । त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्