एसइईपछिको फुर्सद : बालबालिकाको ‘स्क्रिन टाइम’ घटाउन विराटनगरका जीम लान्छन् अभिभावक

एसइईपछिको फुर्सद : बालबालिकाको ‘स्क्रिन टाइम’ घटाउन विराटनगरका जीम लान्छन् अभिभावक

विराटनगर । विराटनगरका जीम एण्ड फिटनेट क्लवमा सानै उमेरका बालबालिका भेटिन्छन् । एसईई पछि फुर्सदमा रहेका बालबालिकालाई अभिभावक आफैं जीम एण्ड फिटनेट क्लवमा लिएर पुग्ने गरेका हुन् ।

एसईईको नतिजा सार्वजानिक नहुँदासम्म बालबालिका धेरै फ्रि हुन्छन् । उनीहरुको यो फुर्सदको समयमा कतिपयले आगामी शैक्षिक योजना अनुसारको तयारीमा लगाउँछन् । कतिपय त्यतिकै बस्छन्, घुम्छन् र रमाइलो गर्दछन् ।
आगामी शैक्षिक तयारी गर्ने वा घुम्ने समय निकालेका बालबालिका भएपनि उनीहरु चार महिना नै फुर्सदमा हुँदा धेरै समय ‘स्क्रिन’मा बिताउने गर्दछन् । मोवाइल जस्तोसुकै अवस्थामा चलाउने उनीहरुलाई लत बस्न नदिन अभिभावकले बिहान वा साँझमा जीम एण्ड फिटनेटमा व्यस्त बनाउने गरेका हुन् ।

‘ब्रेन म्याटर्स’ नामक डकुमेन्ट्रीकी निर्देशक कार्लोटा नेलसनले बढी स्क्रीन टाइमले बालबालिकालाई असर गर्ने र अफ स्क्रीनको अनुभवको महत्व थुप्रै रहेको देखाएकी छिन् । विश्वमा अग्रणी ब्रेन साइन्टिस्टको रुपमा चिनिने प्याट्रिस्याले ‘साना नानी जो १ वर्षभन्दा कमका छन् उनीहरुलाई मेसिनले केही पनि नसिकाउँने भएकाले सामाजिक रुपमा अन्तरक्रिया गराउनु पर्ने औल्याएकी छिन् । बच्चा र बालबालिकालाई ‘स्क्रिन’ होइन ‘ह्युमन’ सहभागिता जरुरी हुने बुझेका अभिभावकले समयलाई व्यवस्थापन गर्न जीममा पठाउने गरेका हुन् ।
मोबाइल तथा अरु ग्याजेट्स बढी चलाएकै कारण कतिपय बालबालिकामा आँखा टेढो हुने समस्या पनि देखिने गरेको छ । अत्याधिक समय स्क्रिनमा हेरिरहँदा आँखा पोल्ने, चिलाउने, आँसु आउनेलगायत समस्या पनि हुन्छ । यो बच्चामा मात्रै नभई एसईई दिएका बालबालिकामा समेत बढ्दो छ ।

स्क्रिन टाइम धेरै हुँदा चस्माको पावर बढ्ने, चस्मा नलगाएको केटाकेटीमा पावर बढेर चस्मा लगाउनुपर्ने अवस्था छ । विश्वमै स्क्रिन टाइममा बढी समय बिताउने बानी कोभिडका बेला धेरै अनलाइन कक्षाले लगाएको थियो । कोभिडपछि बोर्डको अक्षर नदेख्ने, टाढाको नदेख्नेलगायत समस्याहरू लिएर बालबालिकामा समस्या बढेकोमा अभिभावक चिन्तित छन् ।
विराटनगर कन्चनबारीको सजिलो फिटनेस एण्ड जीमका सञ्चालक सन्जय साहका अनुसार अहिले एसईई दिएका धेरै विद्यार्थी आउन थालेका छन् । उनका अनुसार अभिभावकलाई कसरी आफ्नो बच्चालाई स्क्रिन भन्दा बाहिर राखौं भन्ने सोच रहेको देखिन्छ । जीममा आएका बालबालिकामा समय व्यवस्थापन, खानपीन व्यवस्थापन समेत हुँदा उनीहरुले स्क्रिन हेर्ने समय स्वतः घट्ने मनोविज्ञानमा अभिभावकमा रहेको सञ्चालक साह बताउँछन् ।

सञ्चालक साहले नयाँ वर्ष र एसईई दिएर घर बसेकाहरुका लागि विशेष अफर नै राखेको बताएका छन् । उनले बैशाख ७ गतेसम्ममा भर्ना हुनेहरुका लागि आफ्नो शुल्कको ५० प्रतिशतसम्म वार्षिक शुल्कको अफर दिएको बताएका छन् । अहिले मेरोमा १५ जनाको संख्यामा एसईई दिएर बसेका नानीहरु आएका छन्, उनीहरु एक्टिभ देखिन्छन् ।
जीम गर्दै गएपछि उनीहरुलाई समयमै निन्द्रा लाग्ने, भोक लाग्ने भएका कारण पनि स्क्रिन टाइम स्वत्र घट्ने बुझाई धेरैको छ । जीममा आईरन वर्क बाहेक पनि शारिरीक एक्ससाइजहरु छन् । बालबालिकाको अवस्थामा हेरेर कार्डियो, कार्डियाक, जुम्बा र पिटीपरेड समेत हुने हुँदा बालबालिका चाँडै रत्तिने समेत गरेको अनुभव सञ्चालक साहसँग छ ।

एसईईपछि फुर्सदमा बस्ने बालबालिकाले सधैं मोवाइल वा ल्यापटप मात्रै हेरे भने त्यसपछिका कक्षाहरुमा समेत तिनै सामाग्रीको माग गर्ने क्रम समेत बढ्दो देखिएको छ । जसका कारण सामाजिकीकरण भन्दा पनि एक्लोपनको जीवनशैलीमा गुजार्ने बानी बढ्दो छ ।
प्रविधिको जमानामा बालबालिकारुलाई स्क्रिनबाट टाढा राख्नु पक्कै पनि अभिभावकहरूका लागि चुनौतीको विषय नै हो । कामकाजी अभिभावकहरुले बालबालिकालाई पर्याप्त समय नदिँदा बालबालिकाको हुर्काइमा नै नकरात्मक असर पर्दै गएको देखिन्छ ।
विज्ञहरूका अनुसार मोबाइल हेर्ने बानी लागेपछि बालबालिकाहरूमा व्यावहारिक समस्या, डिप्रेसन, निद्रामा समस्या, मोटोपन, सामाजिक विकासमा ढिलाइ, एकाग्रता र सुन्न सक्ने क्षमतामा कमी, स्नायु प्रणालीलगायतमा समस्या देखिन सक्छन् ।

मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालिबालिकाको सर्वांङ्गीण विकासमा नै असर पु¥याइरहेको हुन्छ । यो बालबालिकामा मात्र होइन वयस्कहरूमा पनि उत्तिकै लत बस्दै गएको छ । अभिभावक र बालबालिकाबीच संवाद तथा सिकाइ नै कम हुँदै गएको छ ।
बालबालिकाले आफैं मोबाइल चलाउने होइनन् । मोबाइल चलाउने बानी उनीहरुले अभिभावकबाटै सिको गर्छन् । अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरुले पनि देखेर सिक्छन् र लत बस्छ । सुरुमा खेलाउनाको रुपमा मोवाइल दिने अभिभावक पछि पछुताउने अवस्थामा पुग्ने गरेका छन् ।

विराटनगरका जीममा एसईईपछि मात्रै नभई कक्षा १२ सकाएर विद्यार्थीका लागि समेत अफरहरु तोकिएका छन् । अहिले विराटनगरमा रहेका जीमहरुमा फिटनेसका लागि बहुआयमिक कोणका अभ्यासहरु गराउने चलन बढेका छन् । जीम भित्रै गराईने शारिरीक व्यायमले सबै उमेर समुहलाई निर्विकल्प बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्