विश्वदीप पाण्डेले छाडे नेसपा, माओवादी केन्द्रमा प्रवेश

<span class='c1'>विश्वदीप पाण्डेले छाडे नेसपा,</span> <span class='c2'>माओवादी केन्द्रमा प्रवेश</span>

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खादा र टीकासहित स्वागत गरे । पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील सदस्य रहेका विश्वदीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेसपा छोडेको घोषणा गरे ।

उनी माओवादीको सशस्त्र युद्धदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए । पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजन भएको थियो । गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठलगायतले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरे । तर, त्यो समय पनि विश्वदीप बाबुरामकै पक्षमा साथ दिए । पाण्डेले सोमबार बिहान नेसपा पार्टी छोडेको घोषणाको केही घण्टामै माओवादी प्रवेश गरेका छन् । नेसपा र माओवादी केन्द्र एक हुनुपर्ने पक्षमा रहेका पाण्डे त्यो सम्भावना नदेखेपछि बाबुरामलाई छोडेर प्रचण्डसँग आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्