हङकङविरूद्ध बलिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

हङकङविरूद्ध बलिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले हङकङविरूद्ध टस जितेर बलिङ गरिहेको छ।

वर्षाका कारण ढिलो गरी सुरु भएको खेलमा नेपालले एक परिवर्तन गरेको छ। विवेक यादवको स्थानमा करण केसीलाई खेलाइएको छ। खेल १८ ओभरमा झारिएको छ।

कपको साविक विजेता समेत रहेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा हुनेछ।

नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ।

नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।  कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्