इन्डियन प्रिमियर लिग : आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै

इन्डियन प्रिमियर लिग : आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई २५ रनले हराएको छ ।
सोमबार राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बंगलोरले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनायो ।

यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो ।

जितसँगै चौथो स्थानमा रहेको हैदराबादको ६ खेलबाट ८ अंक भएको छ ।

एक खेल बढी खेलेको बेंगलोर २ अंकका साथ पुछारमा छ । आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर सनराइजर्स हैदराबादले आफ्नै कीर्तिमान तोडेको छ ।

आईपीएल क्रिकेटमा आज राति पौने ८ बजे कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्