कञ्चनबारी महोत्सवमा आज रचना रिमाल आउने

कञ्चनबारी महोत्सवमा आज रचना रिमाल आउने

विराटनगर । पछिल्लो समय युवा पुस्ता माँझ अत्याधिक रुचाइएकी गायिका रचना रिमाल आज कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सवमा आउने भएकी छिन् ।

साझा प्रयास नेपालको आयोजनमा चैत २५ गतेबाट जारी महोत्सवमा आज रचनाले सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन आउने भएकी हुन् ।

गायिका रिमालले सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको ‘फोटो फिरीममादेखि उनको प्रीति, एक चिम्टी सिँदुर, मिनरल वाटर,‘भन साइँला’ लगायतका थुप्रै गीत चर्चित छन् । साँझ ६ बजेदेखि सुरु हुने साङ्गीतिक कार्यक्रममा रचनासँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्