एसीसी प्रिमियर लिग : साउदी अरेबियासँग खेल्दै नेपाल

एसीसी प्रिमियर लिग : साउदी अरेबियासँग खेल्दै नेपाल

एसीसी प्रिमियर लिगमा नेपाल आज समूह चरणको अन्तिम खेल खेल्दै छ । नेपालले आज साउदी अरेबियासँग खेल्नेछ । खेल ११ : ४५ बजे सुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।

शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा साउदी अरेबिया, मलेसिया, हङकङ र कतार छन् ।

समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र कम्बोडिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्