आजको विदेशी मुद्रा विनिमय दर : पाउण्ड र युरोको भाउ घट्यो

<span class='c1'>आजको विदेशी मुद्रा विनिमय दर :</span> <span class='c2'>पाउण्ड र युरोको भाउ घट्यो</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसका दरले कारोबार भइरहेको छ । मंगलबार अमेरिकी डलर एकको १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भएको थियो । सोमबार भने डलरको खरिद मूल्य १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो ।

त्यस्तै, यूरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको रहेको छ । मंगलबार यूरो एकको १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको पुगेकोमा सोमबार एक यूरोको विनिमय मूल्य १४१ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ३७ पैसा तोकिएको थियो ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा पुगेको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्