झापामा हात्तीलाई गोली हानेर मारिएको पुष्टि

झापामा हात्तीलाई गोली हानेर मारिएको पुष्टि

झापा बैशाख ६,

झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो।

पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ। गोली हड्डीभित्र छिरेकाले हाललाई निकाल्न सकिएन। ‘हात्तीको हड्डी निक्कै कडा हुन्छ। त्यसैले गोली निकाल्न समस्या भयो,’ वन प्रमुख राईले भने। ‘गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको कुरा पनि बाहिर आउँथ्यो,’ उनले थपे।

हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको देखिन्छ। अरू भाग पोस्टमार्टम गरी निकालेका छौं। पुच्छरको रौँ पनि तानेर लगेको उनको भनाइ छ। स्थानीयका अनुसार वैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो। यो घटना त्यही दिनको हुनसक्ने अनुमान गरिएको उनले बताए। हात्तीको पोस्टमार्टम गरी आजै खाल्डो खनेर त्यही जंगलभित्र पुरिदिएको उनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्