आइपिएल : गुजरात टाइटन्स दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित

आइपिएल : गुजरात टाइटन्स दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार भएको प्रतिस्पर्धामा आफ्नो इतिहासकै कम स्कोर बनाएको खेलमा गुजरात टाइटन्स दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको छ। योसँगै दिल्लीले लिगमा तेस्रो जित निकाल्दै छैटौं स्थानमा उक्लियो। हारपछि गुजरात भने सातौं स्थानमा झरेको छ।

अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १७.३ ओभरमा ८९ रनमै अलआउट भएको थियो। गुजरातका लागि रसिद खानले ३१ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। थप दोहोरो स्कोरका रूपमा साइ सुदर्शनले १२ रन बनाउँदा राहुल टेवाटियाले १० रन बनाएका थिए। गुजरातलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका मुकेश कुमारले ३ विकेट लिँदा इशान्त शर्मा र ट्रिस्टन स्टब्सले समान २-२ विकेट लिएका थिए। त्यस्तै, खलिल अहमद र अक्षर पटेलको नाममा १-१ विकेट रह्यो।

९० रनको लक्ष्य पछ्याएको दिल्लीले ८.५ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो। दिल्लीका लागि ज्याक फ्रसर-म्याकगुर्कले २० रन बनाउँदा अभिषेक पोरेलले १५ तथा साइ होपले १९ रन बनाएका थिए। त्यस्तै, ऋषभ पन्त १६ रनमा नटआउट रहँदा सुमित कुमार ९ रनमा अविजित रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्