धरानबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ

धरानबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार बिहान १ बजे धरान-२० कार्की छाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न धरान-११ का २५ वर्षीय नकुल राई, २६ वर्षीय सानु राई र धरान-१८ का २० वर्षीय प्रज्वल भुजेल समेतलाई १ सय ८५ किलोग्राम गाँजा, धारीलो हतियार तरवार ३ थान, स्टिलको पाईप १ थानसहित प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध गाँजासहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसनधान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्