युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा

युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा

काठमाडौं । इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराती एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १–० ले हराएपनि आफ्नै मैदानमा ब्यहोरेको ३–० को पराजयले लिभरपुललाई प्रतियोगिताबाट बाहिर पु¥याएको हो ।

दोस्रो लेगमा मोहम्मद सलाहको सातौं मिनेटको पेनाल्टी गोल निर्णायक बनेको थियो । अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेसँग प्रतिष्पर्धा गर्नेछ । मार्सेले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।

यस्तै वेष्टह्याम युनाइटेडलाई समग्रमा ३–१ ले हराउँदै जर्मन क्लब बायर लिभरकुसेन र एसी मिलानलाई समग्रमा ३–१ ले हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम चारमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्