सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

<span class='c1'>सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस</span> <span class='c2'>दुर्घटना हुँदा ३ जनाको मृत्यु</span>

सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको  बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए।

घटनास्थलमै रहेका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको बताए।

‘दुलहासहित ३२ जना घाइते छन्। गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ,’ उनले भने।

मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको उनले बताए। मृतक तीनै जनाको सनाखत भइनसकेको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्