तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ आज खेल्ने

<span class='c1'>तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका</span> <span class='c2'>नेपाल र हङकङ आज खेल्ने</span>

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदै छ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ आज खेल्ने भएका छन् ।

ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजेदेखि शुरु हुने छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो ।

तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।

त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्