नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको हो।

कमजोर ब्याटिङ गरेको नेपालको स्कोर वृद्धिमा दीपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण रह्यो। २९ बल खेलेका ऐरीले ४ चौका र तीन छक्का प्रहार गरी ४४ रन जोडेर टिमलाई १३९ रनको स्कोरसम्म पुर्‍याएका हुन्।

उनले अन्तिम ओभरमा २ छक्का र २ चौका प्रहार गरे।  १३ औं ओभरको चौथो बलमा ऐरी मैदान प्रवेश गर्दा नेपालको स्कोर ८६ रन थियो भने ६ विकेट गुमिसकेको थियो।

इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउन जित्नै पर्ने आजको खेलमा नेपालले पहिलो ओभरको दोस्रो बलबाटै विकेट गुमाउन थालेको थियो।

ओपनर कुशल भूर्तेल शून्य रनमै आउट भएपछि कप्तान रोहित पौडेलले सोमपाल कामीलाई पठाए।

तर उनी ७ बल खेलेर आउट हुन पुगे।

तेस्रो ओभरको तेस्रो ओभरमा आउट हुनुअघि सोमपालले १२ रन बनाएका थिए। त्यसक्रममा उनले २ चौका हाने।

उनी आयुष शुक्लाको बलिङमा अदित गोरवाराबाट क्याच आउट भएका थिए।

त्यसपछि कप्तान रोहित पौडेल आएका ब्याटिङमा आएका थिए। उनले टिमको स्कोर बढाउन केही मदत गरेपनि १९ बल खेलेर आउट हुन पुगे।

७.५ ओभरमा नेपालका कप्तान रोहित पौडेल २१ रन बनाएर आउट भएका थिए। उनी अतिक इकबालको एलबिडब्लु धरापमा परेका थिए।आउट हुनुअघि उनले २ चौका प्रहार गरेका थिए।

यसअघि ओपनर आशिफ शेख पाँचौं ओभरको पाँचौं बलमा आउट भएका थिए। उनलाई आयुष शुक्लाको बलमा कप्तान निजाकत खानले क्याच आउट गरेका हुन्।

आउट हुनुअघि आशिफ शेखले ११ बलमा ५ रनमात्रै बनाए।

ओपनर कुशल भूर्तेल दोस्रो बलमै आयुष शुक्लाको बलमा जिशन अलीबाट क्याच आउट हुन पुगेका थिए।

कप्तान पौडेलको विकेटपछि आएका कुशल मल्ल १४ बलमा १३ रन बनाएर आउट भएका थिए।

११.२ ओभरमा यशिम मुरात्जाबाट आउट हुनुअघि मल्लले १४ बलमा १ छक्का प्रहार गरेका थिए।

१३ औं ओभरको तेस्रो बलमा सन्दीप जोरा रन आउट हुन पुगे। २३ बल खेलेका उनले २२ रनको योगदान गरे। सोही ओभरको चौथो बलमा गुल्सन झा आउट भए। ६ बल खेलेका उनी ६ रनमात्रै बनाएर आउट भएका थिए।

१६ औं ओभरको दोस्रो बलमा करण केसी आउट भए। ७ बल खेलेका उनले ३ रनमात्रै जोडेका थिए।

आजको खेलमा हङकङका आयुष शुक्लाले तीन विकेट लिए भने अतिक इकबाल,यशीम मुर्ताजा र इशान खानले एक/एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्